23 February 2012

जन्म्यो सपुत लखन नामको

$1.99 Domains* at GoDaddy.com
बिजय हितान

जन्म्यो सपुत लखन नामको, गोरखा बुङ्कोट काउले
शिक्षाको ज्योति दिलाउन लगे, लखनौं सानैमा उनका बाउले

भर्ती भएर पुरानो गोरख गणमा, सैनिक जागिर खाए
कुसल कर्मठ सिपाही बनेर, छिट्टै कप्तानको फुली लगाए

गए लखनौ जङबहादुरसँग, सिपाही बिद्रोह दबाउन
सेवा गरे कर्मठ योद्दा बनेर, देशको सिमाना जोगाउन

तर सन्तुस्ट भएन उनको मन, देखेर निरङ्कुस सासन
अठोट गरे छोडेर जागिर, एकतन्त्रिय सरकार मासन

बाले ज्वाला जन आन्दोलनको, फर्की आफनै गाउँमा
स्थापना गरे छूट्टै जन सरकारको, गोर्खाको त्यस ठाउँमा

चुमी राना सुकदेव गुरुङ, नियुक्त गरेर उनका भारदार
अस्त्र शस्त्र सिपाही भर्ती, बलियो बनाए जनसरकार

त्रसित भए जङबहादुर, देखेर लखनको कामलाई
पठाइयो बुङ्कोटतिर देबिदत्त गण, पक्रिन यी सारालाई

अनि घमासन युद्द चल्यो, समातिय लखन र साथिहरू
पिन्जडामा हाली ल्याइयो काठमाण्डौ, चलाइ उनिमाथी लाठीहरू

फर्काइयो उनलाई काउलेमै, म्रित्युदन्ड सुनाएर
मारियो यस्ता देसभक्तलाई, खिर्याको रुखमा झुन्डाएर

निभ्यो एउटा दीप अन्धकारमा, स्यानो झिल्का बालेर
त्यहि झिल्काले जगायो सारालाई, आगोको राँको बनेर

उदाए फेरि चार ताराहरू, पैलाएर लखनले खनेको बाटो
मर्नु पर्यो धर्म गंगा दसरथ र सुक्र, जोगाउन देशको माटो

अन्धकारै अन्धकारले छायो, १०७ बर्ष राणा सासनकालमा
बल्ल झुल्क्यो घामको झुल्का, आयो प्रजातन्त्र २००७ सालमा

१३५ औं लखन थापा मगर स्मृति दिवस, ११ फेब्रुअरी २०१२ लन्डन)


Go Daddy Deal of the Week: Get Deluxe Online File Folder® for the Economy plan price! Offer expires 2/21/12.

13 February 2012

भेलेन्टाइन डेको उपहार



बिस्वकाजि राई



छाती चिरेर मुटु दिउकी 
मुटु झिकेर माया दिउ,
भेलेन्टाइन डेको उपहार तिमीलाई!


चुम्बन पनि पुरानो भइ सक्यो 
यौबन पनि ढल्किनै लागी सक्यो 
न्यानो न्यानो अंगालो दिउकी 
काउकुतीमय स्पर्श दिउ 
भेलेन्टाइन डेको उपहार 
तिमीलाई!!


फुल पनि महँगो भई सक्यो 
आर्थिक मंदी संगै 
जून पनि धेरै धेरै टाढा छ 
यो दुखीको दुखै उपहार दिउकी 
दुई सब्द उपहार दिउ 
भेलेन्टाइन डेको उपहार 
तिमीलाई!!! 


अरु भब्य रेस्टुरा र रीसोर्टमा जादा 
पाश्चात्यपन अपनाउदा 
सधै मेरो मुटु दुख्छ भेलेन्टाइन डे र तिमीलाई सम्झिदा 
चौक चौकमा टायर बाल्न मन लाग्छ, 
दुई चार वोटा टायर बाली दिउकी 
चक्का जाम गारी दिउ 
भेलेन्टाइन डेको उपहार 
तिमीलाई!!!!