छाती चिरेर मुटु दिउकी
मुटु झिकेर माया दिउ,
भेलेन्टाइन डेको उपहार तिमीलाई!
चुम्बन पनि पुरानो भइ सक्यो
यौबन पनि ढल्किनै लागी सक्यो
न्यानो न्यानो अंगालो दिउकी
काउकुतीमय स्पर्श दिउ
भेलेन्टाइन डेको उपहार
तिमीलाई!!
फुल पनि महँगो भई सक्यो
आर्थिक मंदी संगै
जून पनि धेरै धेरै टाढा छ
यो दुखीको दुखै उपहार दिउकी
दुई सब्द उपहार दिउ
भेलेन्टाइन डेको उपहार
तिमीलाई!!!
अरु भब्य रेस्टुरा र रीसोर्टमा जादा
पाश्चात्यपन अपनाउदा
सधै मेरो मुटु दुख्छ भेलेन्टाइन डे र तिमीलाई सम्झिदा
चौक चौकमा टायर बाल्न मन लाग्छ,
दुई चार वोटा टायर बाली दिउकी
चक्का जाम गारी दिउ
भेलेन्टाइन डेको उपहार
तिमीलाई!!!!
मुटु छुने खालको लेख्नु भएछ । धन्यवाद ।
ReplyDelete