08 February 2012

अमूर्तबोध



अमूर्तबोध____________________________________



                                   -खगेन्द्र पन्धाक लिम्बू

'कृपया यी मेरा आँखाहरु झिकिदिनुस् । पहिले झैं हजूरलाई सुन्दर देख्न चाहन्छु।

उनलाई नजिकबाट चिन्नेहरुलाई थाहा थियो कि  दुई बाहिरि आँखाको नानी बाहेक उनमा कमजोरि सायदै थियो ।

अन्धी' वा 'अपाङ्ग'को संज्ञा दिनेहरु भएता पनि उनको बाह्य रुप-रङ्ग हेरेरै पागल भएकाहरुको भीड पनि सानो थिएन ।ताहाचल क्याम्पसमा उनको ठूलै चर्चा थियो । उनकोपछि लागेका केटाहरु देखेर 'आफू सग्लो र सुन्दर छु !' भनि सम्झिनेकेटीहरुको मनमा आहारिसको राँको बल्थ्यो । उनको बेकामे बाहिरि आँखाको फाईदा उठाएर सुटुक्क उनको हातमाउपहार-चिट्ठी हालेर जाने युवकहरु पनि कम थिएनन् । उनि मसीले लेखिएका पत्र त पढ्न सक्दिनथिन् तर, भौतिकवस्तुका उपहारहरु भने स्पर्ष गरेर राम्ररी अनुभूत गर्न सक्थिन् । जे भए पनि 'धन्यवाद' उनिबाट कन्जुसयाँई हुँदैनथ्यो ।मिलनसारिता, शालीनता, पढाई तेज, विशिष्ट गायकी र आफ्नो सुन्दर रुप-रङ्गले उनलाई नायिका बनाएको थियो । 

उनलाई वास्तविक माया कतिले गर्थे ? त्यो त उनको निम्ति मरिमेट्नेले नै जानुन् ! तर मोटरबाईक दुर्घटनामा परेरज्यान गुमाएका उनका एक सहपाठी युवकले भने उनैलाई आफ्नो आँखादान दिन अन्तिम  ईच्छा रहेको जाहेर गर्दै लेखेको सानो कागजको टुक्रा हस्पिटल मै प्राप्त भएको थियो । जसमा लेखिएको थियो-
' मेरा यी दुई आँखाका नानीहरु सुरक्षित उनैलाई दिनू , जो, मेरो निमित्त  यो संसारकै सबैभन्दा  प्रिय नारी हुन् । उनकोभित्रि आँखाको ज्योति विष्मयकारी र शक्तिशाली त छँदैछ  । तर बाहिरी नेत्रले पनि यो संसारलाई उनले देख्न पाऊन्–हेर्न पाऊन । जो मैले देखेको-हेरेको भन्दा सार्थक हुनेछ । मैले एति गर्न पाउँदा म आफूलाई पूर्ण ठान्नेछु । उनकोदृष्टिबाट नै मैले हेरिरहेको स्वर्गीय आभाष हुनेछ । उनी मेरै क्लासमेट हुन् ।'
उसको अन्तिम ईप्सानुरुप उसका आँखा उनै सुन्दरीका निमित्त प्रत्यारोपण भयो । उनले देख्न सकेकोले उनकाशुभचिन्तकहरु साह्रै हर्षित भए । त्यो मृतक युवकप्रति धन्यवाद ज्ञापन गरे । उनको आँखा प्रत्यारोपण भएपछि उनकोबाह्य-सौन्दर्य झनै खुलेर आयो । उनले एक बर्षको उमेरपश्चात पूरै अठार बर्षपछि मात्र बाहिरी दुनियाँ देख्ने मौका पाईन्। तर उनमा खुशीयाली र हर्षको बदला निरासता, उदासिनता र खिन्नताले हाबी गर्न थाल्यो । यो देखेर सबै आश्चर्यमापर्दैगए । 

उनको मस्तिष्कमा तिनै आँखादान गर्ने युवकको तस्वीर झलझली आउन थाल्यो । उनले पटक्कै बाहिरी संसारलाई सुन्दर अनुभूत गर्न सकिनन् । उनलाई सबै-सबै नौलो र बिरानो लाग्यो । सारा संसार नै अनौठो र आश्चार्य लागेर आयो । आफन्तले दिएका प्रेमका उपहारहरु पनि उनलाई  पटक्कै सुन्दर लागेनन् । उनै मृतकले उनको अघिल्लो बर्षकोजन्मोत्सवको अवसारमा आफ्नै हातले बनाएर दिएको अमूर्त चित्रकला उपहार पनि उनलाई अब कत्ति नै सुन्दर लागेन ।पहिले बाहिरी आँखाले देख्न नसके पनि आन्तरिक शक्तिको चक्षुले हेर्दा त्यो उपहार उनलाई सबैभन्दा प्रिय र सुन्दरलाग्दथ्यो । आफूले आँखा देख्ने भएपछि को नजिक, को पराई ? के राम्रो, के नराम्रो ? केहि थाहा हुन छोड्यो । आफ्नोअमूल्य आँखा दान दिनेको दुर्घटना र मृत्य पनि उनलाई यथार्थ हो कि सपना हो ? थाहा हुन छोड्यो । उकालो-ओरालो,वरपर, तलमाथी, अग्लो-होचो, सानो-ठूलो केहिकेहि पनि अनुभूत हुन छोड्यो । भनौं, दूरी, आकार, रङ्ग, केहि पनि उनकाखूल्ला आँखाले ठम्याउन सकेन । आफ्ना आँखा बन्द नगरेसम्म खानाको स्वाद पनि थाहा भएन उनलाई । हिंड्न-डुल्न रउठबस गर्न पनि साह्रै कठिन थियो ।मानौं, अबचाहिं उनी वास्तबिक अन्धी भईन्। 

उनलाई खुशी बनाएर उनको मन जित्न खोज्नेहरुको  भीड झनै  बढ्दैगयो । उपहार, पत्र,  इमेल, फोन आदिले अझ दिग्दारी र ब्यस्तता बढाउन थाल्यो । उनको सपाङ्ग र सुन्दर मानिएको जीवन अब साँच्चि नै अत्यास लाग्दो भईसकेकोथियो । आफूले आफैंलाई पनि बिरानो झैं महसुस गर्न थालिन् । जसको सबै कारण  तिनै आफूले मन पराएको सबैभन्दाप्रिय मान्छेबाट उपहार स्वरुप पाएको आफ्ना आँखाका दुई नानीहरु थिए ।
एकातिर आफ्ना प्रिय ब्यक्ति यो भौतिक संसारबाट सधैंको निमित्त बिदा भईसकेको पीडाले उनको वाकदिक जीवनलाईझनै बिदारक बनाउँदै लगेको थियो । अर्कोतिर उपहार स्वरुप पाएका आँखाका नानीहरुले उनलाई झनै समस्या सिर्जना गरेपनि सधैं सम्हाली राखूँ झैं प्यारो पनि लागिरहेको थियो । उनलाई आफैंलाई नै थाहा थिएन कि आफैंले भोग्दै गरेको त्योजीवन कन्सियस, सबकन्सियस या अन्कन्सियस जीवन थियो । उनमा लाटोपन, सुस्तता र बोधोपनले राज गर्दैगयो ।हुन पनि आँखा हुनेहरुका आँखा निकालिदिनु र आँखा नहुनेलाई आँखा लगाईदिनु अन्धो बनाउनु सिवाय केहि होईनरहेछ ।प्रत्यारोपण गरिएका दुबै आँखा बेस्मारी चिम्म गर्दा मात्र उनले झिलिमिली आफ्नो संसार आफ्नै मानसिक कल्पना भरीदेख्न सक्थिन् । 
उनका  आफन्तहरुले उनमा भएको यो अवाङ्भाव  र निरासता देखेर आश्चर्य मान्न थाले ।  
एकदिन क्याम्पसमा निकैठूलै खैलाबैला चल्यो । जो उनकै प्रसङ्गमा थियो । हुन त उनको चर्चा नचलेको दिन नै कहाँथियो र ! अझ उनको आँखा प्रत्यारोपण भएपछि त उनको बाह्य रुपरङ्गको बयान तेसै चुलिएर गएकोथियो । 
****                               *****                           ******
‘ जनवरी-४, २०११  
मध्यरात, १: ४६
महाराजगञ्ज, काठमाण्डु । 
मान्छेको स्वसार्वभौमिकता खै ? आफ्नै शरीर आफ्नो स्वेच्छाले प्रयोग गर्न नपाईने यो कस्तो बन्धित जीवन ? म मेरा दुईआँखाका नानीहरु उनैलाई सुम्पन चाहन्छु । उनलाई यो भौतिक संसार देखाउन चाहन्छु । मेरा हरप्रयासहरु अहिलेसम्मतेसै खेर गईरहेछन् । मैले मेरा आँखाका नानीहरु निकालेर उनलाई दिने मेरो चाहना किन अबैधानिक मानिन्छ  ? मेराआँखामा भन्दा उनको आँखामा संसार देख्न सक्ने नानीहरुको खाँचो छ  ।  जस्तोसुकै त्याग, समर्पण, तपस्या र बलिदानगरेर पनि उनलाई अन्धमुक्त गर्ने मेरो प्रण एकदिन पूरा गरेरै छोड्नेछु ।

आहा ! त्यो सुन्दर मनको सुन्दर तन, अनि सुन्दर मुहारको सुन्दर नयन र सुन्दर दृष्टिको सङ्गोल तादम्यताले  उनलाईकस्तो पृथक बनाउँथ्यो होला । अझ मञ्चमा निस्किएर  कोकिल कण्ठ फूकाएर गीत गाउँदा यो सारा दुनियाँ उनिमाथि नैकेन्द्रित हुँदोहो ! मेरो सानो प्रेमले सानो सहयोग प्रदान गर्दा तेत्रो ठूलो अन्वय निर्माण हुन्छ भने किन नगर्ने ? मेराचित्रकर्महरु देखेर उनले आफ्नै बौद्धिकताले ब्याख्या गर्दा कस्तो हुन्थ्यो होला ! आज पनि यो वाचापत्र सिरानीमा हालेरनिदाउँदैछु ।‘

त्यो उहि युवकको दैनिकी थियो । जो, स्थानिय पत्रिकाले जस्ताकोतस्तै उसैको खास हस्तलिपी  नै  उसको नोटबुककोपाना स्क्यान गरेर छापेको रहेछ । जसको चर्चाले क्याम्पस मात्र होईन, गाउँ-सहर ढाकेको थियो । यो खुलासाले उनलाईझनै गहिरो चोट पुग्यो । ‘आँखादान गर्न नै उसले आत्मप्राण त्याग गरेको रहेछ’ भन्ने जोकोहिले पनि निश्कर्ष निकाले । 

उनमा मानसिक तनाव र असन्तुलन सुरु भयो । उनले क्याम्पस धाउन छोडिन् । उनको अवस्था देखेर उनका अभिभावकर आफन्तहरुमा अत्यधिक पिर र दु:खको डढेलो सल्किन थाल्यो ।उनलाई नदेखेर उता क्याम्पसमा पनि उनका पछिपछिलागेर मरिमेट्नेहरुमा निरासा र खल्लोपनाले रुझान लिएको थियो ।  
उनलाई निको बनाउन उनका अभिभावकले अनेक कोशिस गेरिरहे । तर, कुनै सुधार र प्रगाति देखिएन।  

‘जीवन आफूले भोगेर आएका अनुभव-अनुभूतिहरुको सङ्गोल सङ्काय हो । मलाई त्यसैमा ठीक थियो । पूरै अठारबर्षदिनरात एकोहोरो एक्स्पेरियन्स् गरेर निर्माण गरेको मेरो संसारबाट भागेर म कहाँ अलग बाँच्न सकूँ ! हजूरले गलतनिर्णय गरेर मेरो निमित्त आत्मबलिदान गर्नुभो’ । म जस्ती एउटी अन्धी केटीको निम्ति त्यस्तो सुन्दर जीवनलाई नष्टगरेर पाप गर्नु भो’ । बाहिरी आँखा त केवल बाहिरी रुपरङ्गको दृष्यावलोकन गर्नलाई मात्र हो । आत्मालाई हेर्ने तआन्तरिक आँखा नै चाहिन्छ, जो मसँग नै थियो नि । हजूरले कल्पना गरेर भनेको-सोचेको जस्तो म कहाँ सुन्दरीभएकोछु र अहिले ? ऐनामा आफैंलाई देखेर तर्सिन्छु । ‘एउटी अन्धीले प्रेम प्रस्ताव राख्यो’ भनेर सोच्नुहोला भनी चाहेरपनि मैले कहिल्यै प्रेम प्रस्ताव राख्न सकिन । मलाई थाहा थियो कि मूर्तबोधी सोचको हाबी तपाईंमा भएको कारण बुझेरनै मैले म चुपचाप तपाईंलाई प्रेम गरिरहन्थें ।  

जब हजूरले दिनुभएको यी दुई आँखाले पनि तपाईंको त्यत्रो सुन्दर र महान चित्रलाई मैले हेर्न-बुझ्न जानेकि छैनअहिलेसम्म । तपाईंले दिनुभएका तपाईंका सुन्दर फोटोहरुमा तपाईंलाई म खै सुन्दर नै देख्न सक्दिन अहिले । भौतिकरुपमा मलाई, आफन्त र दुनियाँलाई छोडेर गए पनि मेरो अन्तरमनभरी हजूरलाई सदा झैं सजाएर राख्न चाहन्छु । यीआँखाले त केवल भौतिक शरीरलाई मात्र खोज्छ । तर तपाईंको भौतिक शरीर अब बाँकी छैन । त्यसैले म तपाईंका यी दुईआँखासँग एक्लो र निरस भएर बाँच्न सक्दिन ।म तपाईंलाई चाहन्छु । मलाई यसरी अन्धी बनाएर तपाईंसंग अलगनपार्नुस् । एकैपल पनि म तपाईंबिना बाँच्न सक्दिन । कृपया यी मेरा आँखाहरु झिकिदिनुस् ।  पहिले झैं हजूरलाई सुन्दरदेख्न चाहन्छु । अमूर्तबोधतासँगै अन्तरमनभरी हजूरसँगै जीउन चाहन्छु जनम्-जनम् ।‘ 

मृतकद्वारा उनको जन्मोत्सवमा उपहार स्वरुप प्राप्त तिनै अमूर्तचित्रकला सुम्सुम्याउँदै उनले गरेका यी एकलसम्वादहरुसँगको एकल नाटकका प्रतक्षदर्शी उनका बुवा भने एतिखेर पल्लो कोठामा आँसुले स्नान गर्दै सुँक्सुकाईरहेकाथिए । 

No comments:

Post a Comment