06 February 2012

सुकन्या र समय

जया राई
आज विहानै उठेर काठमाण्डौ फोन गरें, संगीतालाई,उठाइन, दशैंको व्यस्तताले बेरेछ क्यारे । गोविन्दाइलाई फोन हिजो विहान र अस्ति विहान पनि गरेको हो, फोन जान्छ तर किन उठ्दैन आश्चर्यमा छु । सुकन्या दिदीलाई सोमबार गरें तर भेट हुन सकेन । कारण दिदी तल जानु भएको छ भनेर निमा छोराले भने, उतै बाट एकछिनमा फोन गर्न लाउँला ममीलाई भन्दै निमाले फोन राखे । म पनि हो न हो भन्ने लागेर हुन्छ नि त भनेर एक छिनको लागि विदा मागें । दिउसोको लण्च खान एक घण्टाको लागि घर आएकी म, अहिले काममा फर्कि जान हतार भैसकेको छ । पर्खें, करिव दश मिनट खै उताबाट फोन आएन । मनमा लागि रहयो, खै त निमा छोराले आमालाई यतै बाट फोन गर्न लगाउछु भन्थे, मेरो त काममा फर्कि जाने बेला भैसक्यो । म हिडिसकेसी फेरी फोन गर्लान्, श्रीमान् रातीको कामबाट आएर दिउसो सुतेका छन् । म हिडे पछिको उताबाट आएको फोनको घण्टीले उनको निन्द्रा भंग गरिदिन्छ भनेर डर लाग्छ । म, के गरे उनको निन्द्रा भंग नहुने उपया खोज्छु, । फेरि दिदीलाई फोन गरौं कि लाग्छ, भक्खरै निमाले भनेका छन् आमा तल हुनु हुन्छ । फुर्सद हुनसाथ यतैबाट फोन गर्न लगाई दिन्छु भनेका छन् । के के न जरुरी काम छ जस्तो गरेर दिदीलाई हतार किन पो लाउने । अर्को मनले भन्छ, हिड्साथ आएको फोनको घण्टीले रातभर जागा बसेर काम गरेको श्रीमानको नीद खलबल पार्छ । यी नै कुराहरु सोच्दै गर्दा मनमा उपाया आयो फोन होल्डमा राखेर जाने जस्ले गर्दा, उता बाट आको फोनको घण्टी रोकिन्छ । हुन त दिनमा आउने व्यापारीक फोनको घण्टीले निन्द्रा नविथोलेको कहाँ पो न हो र उनको, अन्तमा मैले घरको फोन होल्डमा राखेर फेरि काममा हतारिनदै निस्कें । उनी काममा हिडी सके , बेलुका म घर आइपुग्दा फोन अझैं होल्डमै रहेछ । श्रीमान्ले घरको फोनले नेपाल फोन गर्न छाडेको निक्कै भयो । अहिले उनी लाईका मोबाइलको मोहमा फसेका छन् । धेरै जसो लाईका फोनको सिमकार्ड प्रयोग गरेर टपअप गर्दै गरे अरु कलिंकार्डहरु भन्दा सहुलियत दरमा नेपाल लगाउयत अन्य देशहरुमा आफन्त संग फोनमा कुरा गर्ने गरेका छन्, । प्रविधिको प्रतिस्प्रधाले हामी उपभोक्तालाई हुने सुविधाहरु बड्दै जाँदा खूब मज्जा आउने रहेछ । अहिले बजारमा यस्ता धेरै प्रकारका कलिङ्घकार्डहरुको बाढी नै चलेको छ । दिउँसो फोन होल्डमा छाडेर गएको मनमा ग्लानी भै रह्यो । सुकन्या दिदीले धेरै पटक फोन सम्पर्क गर्न प्रयास भयो होला विफल हुँदा दिदीले दिक्क मान्नु भयो होला । के जरुरी थियो र जयाले फोन गरी होला ठान्नु भयो होला । दिदीले निमा छोरालाई अघि फोन आ बेला मलाई किन नबोलाईदेको होला भन्दै कति गन् गन् गर्नु भयो होला । दिदीले आफू रातको एघार बजे सम्म पनि फोन आएमा फोन उठाउछु भनेको कुरा संझेर, फोन सम्पर्क गर्न नम्बर डायल गर्न थालें, लाईका मोबाएलको सिमकार्डबाट । फोन सम्पर्क हुन सकेन, कम्पुटर बोल्यो “नो केड्रिट व्यालेनस् लेफ्ट ।” दिदीलाई फोन गरौं भनेको भएन, अरु कनुै कलिंकार्ड छैन । त्यसैले इमेल दिदीलाई लेख्दै छु, । अब फेरि के गरौ के गरौं भएर मन हतारिन थाल्यो । दिदीले धेरै वटा ईमेल पठाइसक्नु भएको छ । फेसबुकको फोटोहरुमा कमेन्ट लेखेर उहाँको उपस्थिती जनाइ रहनु भएको छ । दोश्रो अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलन लण्डनमा आउनको लागि उहाँले इलभेन्थ आवरमा प्रयास गर्नु भो तर फेरी छाड्न भो । मलाई धेरै दुःख लागेको छ, दिदी आउनु सक्नु भएन । यिनै कुराहरुको बारेमा फोनमा कुरा गर्नु थियो । इमेलमा पनि सम्पर्क गर्न समय पारहेको थिइन, कारण तीन दिने समम्मेलनमा आउनु भएका पाहुनाहरुलाई लण्डन र वरबरका रमणिय र ऐतिहासिक ठाउमा घुमाउनको लागि मलाई पनि समय प्रसस्त चाहिएको थियो, भ्याइ नभ्यइ थियो । दिदीलाई विस्त्रित जानकारी दिदै इमेल लेखें, “दिदी काममा जान हतार भयो तपाईको कल पर्खिरहन सकिन, फोन होल्डमा राखेर गएँ, काराण श्रीमान रातीको कामले गर्दा उनी सुतेका छन् । फेरी कामबाट आएर फोनमा कुरा गरौं भनेको त, ब्यालेनस त छैन रहेछ, किन्न जाने समय पनि भएन, अर्को थकाई ज्यादै लागेको छ । जरुरी कुरा केहि छैन, खाली विजया दशमीको शुभकामना दिने भनेर हो, फोन गर्न चाहेको । अनेसास बेलायत च्यापटरको कोषाध्यक्ष विकल आचार्य जी नेपाल विदामा आउनु भएको छ । उनले त्यहाँ आएको बेला तपाईलाई भेट् चाहानु भएको छ । त्यो कुरा जानकारी गराउन चाहान्छु, । उनी एनआरएनको सम्मेलन सकेर दशैंमा उनका बा आमा संग जान्छन् गोर्खामा आएर फोन गर्लान् । तपाईलाई उनले लण्डन सम्मेलनमा खूब सम्झेका छन्, “ दिदी आउनु भएको भए कति रमाइलो हुने थियो होला भनेर । ” आज तीन दिन पछि फेरी फोन गरें, दिदीले नै फोन उठाउनु भयो, आज सम्ममा धेरै चोटी फोन गरें तर थोरै मात्रै दिदीले उठानु भएको फोन हुन्छ । दिदीको आवाज आज चिट्ठा परे जस्तै भयो । मैले दिदीको स्वार चिने, “ दिदी म जया भनेर भन्दा,“ ओ हो के छ, जया, मेल पाएँ, फेसबुकबाट पनि धेरै कुरा थाहा पाएको छ, तपाई कति व्यस्त हुनुहुन्छ भनेर । मैले दिदीको प्यारले भन्नु भएको कुराहरु सुनिरहें । सुषमाले फोन गरेर सामान ल्याइदिएको जानकारी पाएको छु, म पनि यूरिक एसिड बढेर अलिक हिड्डूल गर्न सकि रहेको छैन तर अलिक कम भएको छ, पार्सल ईन्दिरा दली कहाँ पाटनमा ल्यादिएको छ, ईन्दिरा पनि उनको श्रीमान विमार भएको कारणले आउन पाइरहेको छैन, म आफैं कुनै दिन जान्छु, भनेर आफ्नो सबै खबर भनि सक्नु भयो । मैले त जाडोमा दल्ने लोनस पठाएको हो,सुषसमा दिदीको हातमा, सुकन्या दिदीको साथीको छोराले नै स्कूलको विद्यार्थीहरुको लागि पूmट्वल र भलिबल बोक्नकोलागि सजिलो होस भनेर हावा निकालेर पठाएका थिए, मलाई त्यो पार्सल हेर्दा खूशी लागेको थियो यसरी हावा निकालेर पनि सानो बनाउन सकिने, बोक्न सजिलो, पार्सल । दिदीले मेरो नयाँ निस्केको “बेकर स्ट्रीटका दुई आँखा” कथा संग्रहको कथाहरु पढेर मन परेको कथा “ आज ” शिर्षकको हो बैनी, अरु पछि विस्तारै पढदै छु, “बेकर स्ट्रीटका दुई आखाँ” शिर्ष कथा त झन मन पर्यो, भनेर दिदीले मलाई भन्दा कता कता लाज लाग्यो, यसरी प्रसंसा गरेको सुन्दा । तर दिदीले गर्नु भएको प्रसंसा पर्छानको लागि कदापी यो गरेको होइन । हौसालाको लागि पक्कै हो, उठाउनको लागि हो । उहाले भन्नु हुन्छ, यो समय बैनी एकदम प्रडक्टीभ समय हो । व्यस्त नै हुनुहुन्छ, सबै तिर राम्रो भएको छ, गर्नु भएको पनि छ, । विदेशमा बसेर भाषा साहित्यको लागि खट्नु भएको छ राम्रो । दिदीको आडिलो बचनले फेरि मलाई झस्काउछ, मेरो यदा कदा लेख्ने कलम फेरी बौरेर दिदी कै खातिर उठाउन, कुदाउन मन लाग्छ । ईमेल चलाउन जाने, हाँस्तै फेस बुक पनि अलि अलि सिक्दै छु, भन्नु भयो । यो बेला धेरै अघिबाट खट्किएको कुरा भने, दिदी फेस बुकमा तपाईको फोटो राख्नुस् न, तपाईलाई धेरैले हेर्न, चाहान्छन् । अस्ती थाहा छ, प्रज्ञाभवनमा मेरो किताब विमोचन हँुदा म डा.गोविन्दराज भटटराईको छेउमा परेको थिएँ, तपाईलाई बाबा बस्नेतले मन्चमा केहि शब्द बोल्न बोलाउदा उहाँले विस्तारै भन्न भयो, “नाम धेरै सुनेको तर कहिले नदेखेको सुकन्या दिदी” भनेसी अरु कति धेरैले हेर्न चाहेका छन्, चाहाना होला, तपाई प्रति पनि धेरैको श्रद्दाको छ दिदी भन्दा मैले भन्दा “आ म कहाँ साहित्यकार हो र, खाली पारिजात दिदीको बैनी न हो नि । ” मैले थप्तै लगें पारिजातलाई विमारी परेको बेला ढाडमा बोक्तै लैजाने त को नि दिदी, तपाई नभएको भए, कस्ले हेथ्र्यो होला र त्यसरी विमारी पारिजात दिदीलाई, पारिजातको रखबारी गर्ने सुकन्यालाई सबैको श्रद्दा छ दिदी । यति भन्दै गर्दा दिदीले “फोटो पनि छोराले पहिला त राखिदेको रहेछ, तर मन नपरेर हटाउन लगाएँ” हाँस्तै भन्नु भयो । दिदी आफ्नी बुहारी संग दशैंको निम्ता मान्न कतै जान तयारीमा हुनुुदो रहेछ । मैले विदा मागें विजया दशमीको शुभकामना मागेर । अहिले संचारको साधन मध्ये फेसबुक पनि धेरै अगाडि, छ, सुख,दुःखमा र शुभकामना आदन प्रदान गर्न, कुनै समचार संप्रेसन गर्ने माध्यम पनि फेसबुकले लिएको छ, अहिले यी हरफहरु टाईप गरिरहेको बेला विजया दशमीको नवमिको विहान हुँदै छ, जनजातीले दशैं मान्न हुँदैन भन्ने मान्यता भए पनि हामी परदेशमा बस्ने सबै नेपालीले भेटघाट माध्यम बनाएर मान्ने गरिन्छ, यद्दपि टिका घर घरमा लगाईएला, नलगाइएला तर कामले थाकेर, घरदेश र आफन्तबाट टाढा रहेको बेला अरु साथीभाई संग भेट भइ औपचारिक अनौपचारिक कुरा गर्न र रमाईलो गर्नको लागि यी आएका चाडहरुले महत्वपूर्ण भूमिका खेलेको छ । चाडबाढ आउन अगाडि नै, फेबुकको भित्ताहरु पोतिन थाल्छन्, शुभकामना लिन र दिनको लागि, मैले पनि निक्कै ढिलो गरेर मेरो वालमा सोमबारको राती तीन बजे यस्तरी लेखें, “ मानेभञ्ज्याङ्कबाट देखिने माथि सेखाको हरेलो बजार लाग्ने पाखा र पारी दिङ्घलाको पाखै भरि कलिलो घाम लाग्दा, सोह् सराद सोह् दिन, नौरथा नौ दिन भन्दै वर्षमा नयाँ लुगा लगाउने दिन गनेको दसैं, आज जस्तो छिन्न भिन्न मनहरु थिएन, त्यसैले ती नै दिनहरुलाई सम्झिन्दै, यस भित्तोका पाखै भरि रहनु भएका देश विदेशका मेरा आदरणीय साथीहरुमा विजयादशमी २०६८ को शुभकामना ! मनु लोहोरुगको दुई मिनट भित्रमै कमेट अयो आहा नाना ! साँच्चै हरेलो डाँडा, सेखाको गाउँ, माने भन्ञ्याङ्क सून्दा त अहिले नै माइती पो जानु मन लाग्यो हौ । उहिले माइत् गएको बेला हरेलो देखेको, मानेभन्ञ्ज्याङ्घ छोडेको पनि दश वर्ष भै सकेछ । नाना हजुरको स्टाटसले त मलाई सारै माईती गाउँको याद गरायो । एनिवे नाना हजुर, लगायत सपरिवारलाई हाम्रो परिवारको तर्फकाट पनि दशैंको हार्दिक शभुकामना छ है नाना ! विहान उठेर हेर्दा एकजना भइले लेखेका रहेछन्,“हन हजुरले त मेरो गाउँ घरको कुरा पो लेख्नु भएको छ त ?” त्यो भाइको भनाइले मलाई हाँसो लाग्यो, घत पनि । यो फेसबुकले धेरैले सहि उपयोग गर्न सके सबैको लागि धेरै उपयोगी र राम्रो छ । संसार भरका आफ्ना साथीहरु बनाउन सकिन्छ विशेष गरि नेपाली साहित्यमा चाख राख्नेहरुले आफ्नो रचना बाँडेर प्रतिकृया लिने दिने गरेर राम्रो थालनी भएको छ । तर कसैलेकसैले अरुहरुको रचना चोरी गरेको पनि सुन्नमा आएको छ । तर संसारका बद्मास चोरहरुलाई थुनछेक गर्न कसले पो सक्छ र तर पनि एक दिन ऊ आफैं जनअदालतमा खडा हुने छ । अहिलेको फेसबुकको माध्यमले उहिलेकोे पत्रमित्रलाई खूईले बनाएको । यो यस युगको अति नै सरल र सुलभ उपाय । विहानै नरेन्द्र दाईले स्काईमै टीका लगाइदिनु भयो, मैले निधारको कपाल यस्सो माथि पन्साएर आर्शिवाद र टिका थापें , पहिला जमरा लगाई दिए अनि आर्शिबचन दिदै अक्षता लगाई दिए दाईले । भक्खरै छोराबुहारीलाई अमेरीका टीका लगाई दिइसकें , अब तिम्रो पालो जया भन्दै । आज टिकाको दिन उत्तम जीले जापानबाट स्काइपमा फोन गर्नु भयो । उनी त जापानमा पो रहेछन अहिले । उनले आपूmलाई किन हो सुयोगवीर भन्छन् शिरीषको पूmलको पात्र । उनी संग फेसबुक र स्काइपको च्याटमा धेरै पटक भेट भएको भए पनि बोलेका आज पहिलो पटक हो । मलाई आश्चर्य पनि लाग्यो उनैले उताबाट फोन गरेका । जापानमा छु श्रीमती विमारी भएको काराणले केही समय यहि छु, र अझै केहि समय बस्छु भन्दै छन् । साथी भएको नाताले दोश्रो नेपाली साहित्य सम्मेलनको लागि उनले दिएको चन्दाको लागि ईमेलबाट पनि धन्यबाद तत्काल पठाएको भए पनि आजको फोनमा कुरा हुँदा धन्यवाद भन्न पाउँदा उनले लगाएको गुनको भार केहि कम भएको हो कि भयो । पहिला पहिलाको च्याटमा उनले एकपटक मेरो मेलिं एडे«स मागे, किन र उत्तम जी भनि सोध्दा उनले हाँस्तै लेखेका थिए, लभलेटर पठाउन रे ! आजको प्रत्यक्षको कुराकानी पनि उनले करिव डेढ वर्ष अगाडि गरेको कुरा अझै भूलेकारहेन रहेछन्, भन्दै थिए अझै लभलेटर तयार भैसकेको छैन है रे । हामी फेरी हाँसोमा रुमलिन्छौं । उनी पनि मेरो फेसबुको फ्रेण्ड , तर असल र साथी सहयोगी साथी , दयालु साथी । अरु पनि धेरै धेरै राम्रा कामहरु यिनले गरेका छन् जुन सुकन्या दिदीले उनको बारेमा भन्नु भएको छ । यिनी पारिजात दिदीलाई खूब पूजा गर्छन, पुजारी, दिदीको श्रद्धाले नै सुकन्या दिदीलाई पनि त्यस्तै सम्मान गछर्न् । मुम्बईमा आफ्नो जागिरको सिलसिलामा यिनी त्यहाँ बस्छन् । यिनी जापानी व्यापारी कम्पनीको एउटा उच्च पदमा काम गर्छन् एशियाको प्रमुख ! जो आफ्नो घर काठमाण्डौ बेला बेलामा जाँदा हरेक पटक सुकन्या दिदीलाई भेट्ने समय निकालेर फाइभ स्टार होटलमा डिनरको निम्तो दिन्छन्, अनि सुकन्या दिदी , पारिजात दिदीकी पृयसाथी सत्यभामा माथेमालाई लिएर निम्तो मान्न पुग्नु हुन्छ । ती दुई जना दिदीहरुलाई स्वागत गर्द उत्तम जी खुब आनन्द आउछ भन्नु हुन्छ । यिनलाई परोपकारी पनि भन्न मिल्छ , बचेरा बासका पाँच जना बच्चाहरुको लागि पढाई र बासको ब्यवस्था मिलाएका छन् । गत अगष्ट २६,२७, र २८मा अनेसासको दोश्रो नेपाली साहित्य सम्मेलन लण्डनको लागि स्काइपको च्याटमा मैले सहयोग लागि चन्दा माग्दा कुनै आनाकानी नगरि सय पाउड चन्दा दिदाँ मैले उनी भित्रको सहयोगी भावना राम्ररी बुझेकी छु । आजको यस लेखको अन्त पनि उनै सहयोगी मित्र उत्तम बज्र्रचाय लाई फेरी पनि धन्यबाथ दिदै विदा लिन्छु । यो सुअवसर पनि सुकन्या र समयले जुराएर नै भएको हो ।

No comments:

Post a Comment